नायिका शिल्पा पोखरेलको ‘मंगलम’ फस्ट लुक पोस्टर


नायिका शिल्पा पोखरेलको फिल्म ‘मंगलम’को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ। अतिथी भूमिकामा रहेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पनि फस्ट लुक पोस्टरमा देख्न सकिन्छ। पोष्टरमा साम्राज्ञीको हातमा एउटा फ्रेम छ, जसमा नायिका शिल्पा पोखरेल, नायकद्धय पुष्प खड्का र पृथ्वीराज प्रसाई छन्। यो फिल्म असोज ११ गतेबाट देशभर प्रदर्शनमा आउदै छ।

नवल नेपालले निर्देशन गरेको यो फिल्मको प्रस्तुतकर्ता नायिका शिल्पा पोख्रेल हुन्। कार्यकारी निर्माता छविराज ओझा हुन्। फिल्ममा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङले संयुक्त रुपमा लगानी गरेका छन्। विष्णु घिमिरेको छायाँकन, दिपक शर्माको संगीत, गोविन्द फुँयालको कथा, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ।

SUBSCRIBE 👉