कसको यादले सतायो रेखालाई ?


आगामी सोमबार ट्रेलर रिलीजको तयारीमा रहेको फिल्म ‘रुद्रप्रिया’ को लिरिकल गीत रिलिज भएको छ । सार्वजनिक घरि घरि आउँछ तिम्रो याद बोलको गीतमा शब्द तथा संगीत सुरेश अधिकारी स्वर बानिका प्रधानको रहेको छ । गीतमा रेखा थापालाई मात्र देख्न सकिन्छ ।

कात्तिक २ गते तिहारको अवसर पारेर रिलीजमा आउँन लागेको फिल्म ‘रुद्रप्रिया’ मा रेखा संगै आर्यन सिग्देल देखा परेका छन् । कसले चोर्यो मेरो मन मा एक साथ काम गरेका रेखा र आर्यनले झण्डै ८ वर्षपछि एकसाथ स्क्रिन सेयर गरेका हुन् ।

सुदिप बबी भूपाल सिंह निर्देशित फिल्म सरस्वती थापा र रमेश एमके पौडेल निर्माता रहेको रहेका छन् भने फिल्मलाई संजय लामाले छायाँ गरेका हुन् ।

SUBSCRIBE 👉