वैशाख १२ को भुकम्पको सेरोफेरोमा ‘माई लभ’ । मंसिर १५ बाट अल नेपाल रिलिज


‘शिरीषको फूल’ फिल्मका निर्देशक डा. तोसिआकी ईतो (जापानिज निर्देशक) ले निर्देशन गरेको अर्को फिल्म ‘माई लभ–प्रमिस फर काठमाडौं’ आउँदो मंसिर १५ गतेबाट देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रका टिमले फिल्म बारे जानकारी गराईएको हो। भिडियो हेर्नुहोस्:

चलचित्रको वारेमा जापानबाट आएका जापानीज कलाकारहरुले पनि आफ्ना कुराहरु व्यक्त गरे। बैशाख १२ गतेको विनाशकारी भुकम्प सेरोफोर र भूकम्पका बेलमा मानिसका देखिएका संवेदना र माया प्रेम कथामा ‘माई लभ’ निर्माण गरिएको हो। फिल्म क्रियशन नेपालको निर्माणमा बनेको माई लभमा जापानबाट युईची हायदा, रिवोन मिजुतानी, सुईतारो माजाता, काजोतोसी थासाका, थामिया मोतो र नेपालबाट गनेश लामा, शितल श्रेष्ठ, चैत्यदेवी, मञ्जु श्रेष्ठ, चाँदनी लामा, राजु भुजु, बबि लिम्बु लगायत कलाकारहरुको मूख्य भुमिका रहेको छ।

फिल्ममा गौरी शंकर धुजुको छायांकन, दिनेश सुनामको संगीत, जापानी चलचित्रकर्मी थाक मिया मोतोको भिएफएक्स रहेको छ।

भुकम्पको बेलामा कसरी संयमित हुने, कसरी पुनर्निमार्णमा लाग्ने र आफ्नो नजिकका मानीसहरु भन्दा समग्र सबैमा माया प्रेम कसरी प्रकट गर्ने भने मूख्य विषय फिल्ममा छ। विशेष गरि काठमाडौं भित्र भुकम्प पछिको अस्तव्यस्तलाई फिल्ममा चित्रण गर्न खोजिएको छ।

फिल्म महानगरपालिकासँग सम्बन्धित रहेकोले काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग र फिल्म क्रियशन नेपालको आयोजनामा राष्ट्रिय सभागृहमा सोमवार विशेष प्रदर्शनी हुँदैछ। यस अघि निर्देशक डा. तोसिआकी ईतोले निर्देशन गरेको फिल्म ‘शिरीषको फूल’ले नेशनल अवार्ड जितेको थियो। नेपालमा ‘माई लभ’को सम्पूर्ण व्यवस्थापन गणेश लामाले गरेका हुन्।

SUBSCRIBE 👉