५१ औं दिनको खुसियालीमा निर्माताले दिए प्रदिपलाई कार !


फिल्म ‘प्रेम गीत २’ ले  ५१ औं दिनको सफलताको खुसियालीमा सक्सेस पाटी दिएको छ । आइतबार साझ राजधानी सम्पन्न सक्सेस पाटीमा संचारकर्मी संगै चलचित्रकर्मीहरुको पनि उपस्थिती रहेको थियो  ।

‘प्रेमगीत २’को शिर्ष गीतको कभर भिडियो गाउने विजेता महिला र पुरुषको नाम समेत घोषणा गरिएको कार्यक्रममा हल तथा वितरकहरुलाई सम्मान समेत गरियो  ।

५१ औं दिनको अवसर पारेर मनाइएको उत्सवमा  निर्माता कम्पनी आशुसेन फिल्मस्ले नायक प्रदीप खड्कालाई  ५० लाख भन्दा माथिको महंगो कार समेत उपहार दिएका छन्  ।

। रामशरण पाठकको निर्देशनमा तयार भएको यो चलचित्रमा प्रदिपको साथमा अश्लेषा ठकुरी, सरोज खनाल, रुपा राना लगायतका कलाकारको मुख्य भूमिका छ ।

 

SUBSCRIBE 👉