सम्बन्ध यो कस्तो ? हेर्नुहोस् – मनै छुने भिडियो


डा. भोला रिजालका छोरा लन्डन बस्दै आएका कपिल रिजालले निर्देशन गरेको एक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। कपिल रिजालले आफ्ना पिताको सांगीतिक संगतले आफूले म्यूजिक भिडियो निर्देशन गरेको बताए। आफ्ना पिताको शब्द तथा गायक रामकृष्ण ढकालको स्वर रहेको गीतको म्यूजिक भिडियो निर्देशन गर्दै सांगीतिक क्षेत्रमा आएका रिजाल दन्त चिकित्सक हुन्।

बुबाको संगतकै कारण गीतसंगीतमा सानैदेखि रुची रहेको बताउँदै उनले समयका कारण पुस्तान्तरणमा आएको ग्याप लाई भिडियोमा उतारेको बताएका छन्। परिवारको बीचमा संवाद कम हुनुमा नयाँ पुस्ता वा पुरानो पुस्ताभन्दा पनि समयका कारण ‘ग्याप’ भइरहेको अवस्थालाई चित्रण गरेको बताए।

बाबु, छोरा र नाति पुस्ताको सम्बन्धलाई देखाउने भिडियोमा नातिसँग रमाउने हजुरबुवा र हजुरबुवाप्रति उनका छोराले गर्ने व्यवहारको विषयलाई संयोगान्त रुपमा प्रस्तुत गरिएको छ। भिडियोमा अभिनेता सरोज खनाल हजुरबुवा, जीवन भट्टराई छोरा, सुरबिना कार्की बुहारी र बाल कलाकार कुसाग्र भट्टराईले नातिको भूमिकामा अभिनय गरेका छन ।

शिखर सन्तोषको संगीतमा रामकृष्ण ढकालले स्वर दिएको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र सुदिप बरालको छायांकन छ । गीतकार डा. रिजालले विषम परिस्थितिमा आफूले गीत सिर्जना गरेको बताए।

SUBSCRIBE 👉