अस्ट्रेलियाबाट नेपाली फिल्म ‘सुनकेसरी’को घोषणा


अस्ट्रेलियाबाट नेपाली फिल्म ‘सुनकेसरी’को घोषणा भएको छ। फिल्म निर्माणका लागि नेपालबाट निर्मात्री एवं नायिका ऋचा शर्मा र निर्देशक अर्पण थापा अस्ट्रेलिया पुगेका छन्।

२ करोड बजेटमा निर्माण हुने भनिएको यो फिल्म अस्ट्रेलियाका भिम न्यौपाने र ऋचा शर्माले मिलेर बनाउन लागेको हो। हरर जनरामा निर्माण हुने यो फिल्म तीन पात्रहरुको भुतप्रेतसँग हुने चहलपहल माथि आधारित हुने बताइएको छ।

अर्पण थापाको निर्देशनमा निर्माण हुने यो फिल्ममा ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल र भिम न्यौपाने लगायतका कलाकारहरुको अभिनय रहनेछ। सन् २०१८ को मध्यसम्म यो फिल्म नेपाल र नेपाल बाहिर एकसाथ प्रदर्शन गरिने बताईएको छ।

शर्मिला सापकोटा र धर्मराज अधिकारीको सह-निर्माण रहेको फिल्मका कार्यकारी निर्माता मनोज अधिकारी र अर्पण थापा हुन्। यो फिल्मको छायाँकन नेपाल र अस्ट्रेलियामा हुनेछ।

SUBSCRIBE 👉