सलोनको ‘चन्द्रमा झैं राम्री’ करिश्मा! फिल्म ‘बाबु कान्छा’को गीत रिलिज


निर्देशक शोभित बस्नेतको चलचित्र ‘बाबु कान्छा’मा को ‘चन्द्रमा झै राम्री’ बोलको गीतको भिडियो रिलिज भएको छ। यो गीत ‘कर्णविर’ चलचित्रमा समावेश गीतको रिमेक भर्सन हो। चलचित्र ‘कर्णविर’लाइ पनि निर्देशक शोभित बस्नेतले नै निर्देशन गरेका थिए। त्यतिबेला निकै चर्चित यो गीतलाई उनले आफू निर्देशित नयाँ चलचित्र ‘बाबु कान्छा’मा रिमेक गरि पुन समावेश गरेका छन्।

‘चन्द्रमा झैँ राम्री’ भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै गीत रिलिज गरिएको हो। भिडियोमा चलचित्रका मुख्य कलाकार सलोन बस्नेत र करिश्मा श्रेष्ठलाइ फिचरिङ गरिएको छ। चलचित्रमा सलोन र करिश्माको अलवा ऋतिक शाही, सरोज खनाल, निर शाह, सम्राटा थापाको मुख्य भूमिका छ।
हेर्नुहोस् कार्यक्रमको भिडियो:

शोभित बस्नेतको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा गौतम राज खड्काको सम्पादन, अष्ट महर्जनको एक्सन, शोभित बस्नेत, रामजी लामिछाने र दीपेन्द्र तिमिल्सिनाको कोरियोग्राफी, टंक बुढाथोकी र लक्ष्मण शेषको संगीत, बाबु श्रेष्ठको छायांकन छ। रवि अधिकारी चलचित्रका कार्यकारी निर्माता हुन्।

SUBSCRIBE 👉