‘रुद्रप्रिया’ गीत: रेखा र आर्यनको रोमान्टिक केमिस्ट्री


कात्तिक २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रुद्रप्रिया’को रोमान्टिक गीत रिलिज भएको छ। यस अघि रिलिज गरिएको गीत र ट्रेलर दर्शकहरुले रुचाएका छन्। प्रदर्शन मिति नजिकिदै गर्दा ‘रुद्रप्रिया’ निर्माण युनिटले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिदै ‘तिमी बाहेक अरु’ बोलको गीतको भिडियो सार्बजनिक गरेको हो। यो चलचित्रमा दर्शकहरुले करिव ८ वर्ष पछि रेखा थापा र आर्यन सिग्देलको केमिस्ट्री हेर्न पाउने छन्। यसैले पनि यो चलचित्र दर्शकहरुका लागि विशेष हुनेछ।

भिडियो हेर्नुहोस् : ‘तिमी बाहेक अरु को छ र ?’ – रेखा र आर्यनको रोमान्टिक केमिस्ट्री

रिलिज गरिएको गीतमा अर्जुन पोख्रेलको संगीत, सनुप पौडेल र अन्जु पन्तको स्वर, अम्बिका शर्माको शब्द छ। प्रविण सिंहले कोरियोग्राफी गरेको यो गीतमा चलचित्रका मुख्य कलाकार आर्यन सिग्देल र नायिका रेखा थापाको प्रेम देखाइएको छ। रमेश एमके पौडेलले लगानी गरेको चलचित्रमा रेखा र आर्यनको साथमा राजन इशानको पनि मुख्य भूमिका छ। यो चलचित्रको निर्देशक सुदिप बबी भूपाल सिंह हुन्।

SUBSCRIBE 👉