छक्का पन्जा २ कि हिरोईन भन्छिन् – मेरो पैसा खोई ?


एक साता आघि मात्र चलचित्र प्रदर्शन मिति तय गरेको चलचित्र ‘मेरो पैसा खोइ’को ट्रेलर रिलिज गरिएको छ। निर्माता तथा निर्देशक रोज राणाले चलचित्रको प्रचारलाइ अघि बढाउन केहि दिन अघि मात्र चलचित्रको एक गीत पनि रिलिज गरेका थिए।

चलचित्रमा सौगात मल्ल, बर्षा राउत, छुल्ठिम गुरुङ, वुद्धि तामाङ, रविन तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ। असोज ११ गते बाट उपत्यका भित्र र असोज २० गतेबाट मोफसलका हलमा यो चलचित्र रिलिज हुँदैछ।

मेरो पैसा खोई ? ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

यो चलचित्र पूर्ण रुपमा कमेडी शैलीमा निर्माण गरिएको छ। चलचित्रको ट्रेलरमा पनि सोही कमेडीलाई प्राथमिकता दिईएकोछ। अब, यो चलचित्र राजधानीमा ‘छक्का पन्जा २’सँग जुध्ने पक्का भएको छ। नायिका बर्षा राउत अभिनित २ चलचित्र एकैदिन रिलिज हुने भएको छ।

SUBSCRIBE 👉