‘तल्ला घरे साईला’ले भेटे जोवन साट्ने नयाँ साईली


गौरव पहारी र बेबो आचार्य अभिनित गायीका मेलिना राईको ‘तल्लाघरे साईला…’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ। भिडियोको निर्देशन शान थापाले गरेका हुन्। भिडियोमा दुई पात्रको प्रेमालाप हेर्न सकिन्छ। यो गीतमा संचार कर्मी दीपेन्द्र घिमिरेको शब्द र एस.डी योगीको संगीत छ। अर्जुन तिवारीले खिचेको यो भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन।

दमदार, हिरो रिटर्न्स जस्ता चलचित्र निर्माण गरिसकेका निर्माता चन्द्र गौतमले यो म्युजिक भिडियो निर्माण गरेका हुन। भिडियोका नायक गौरव पहारीले ‘साईली’ पछी आएको आफ्नो ‘तल्लाघरे साईला…’ म्युजिक भिडियोले ‘साईली’ जस्तै छाप छोड्ने विश्वाश ब्यक्त गरे भने यस भिडियो बाट डेब्यु गरेकी बेबो आचार्यले म्युजिक भिडियो बाट आफ्नो करीयर माथि उकासिनेमा आफु बिस्वस्त रहेको बताईन्।

SUBSCRIBE 👉