छविराज ओझाको ‘लज्जा’ फष्टलुक


nepali movie lajja poster

Nepali Movie ‘LAJJA” Poster

ग्ल्यामर नेपाल, काठमाडौं । चर्चित फिल्म निर्माता छविराज ओझाको पछिल्लो फिल्म ‘लज्जा’को फष्टलुक सार्वजनिक भएको छ। पूर्व पत्नी रेखा थापाको व्यानरमा अहिलेसम्म फिल्म बनाईरहेका छविले यसअघिको फिल्म ‘लोफर’ र अहिलेको फिल्म ‘लज्जा’ आफ्नै व्यानर छविराज फिल्मस्मार्फत बनाएका हुन्। छविले नयाँ नायिका शिल्पा पोखरेललाई यसै फिल्ममार्फत नेपाली रजतपटमा भित्र्याएका छन्।

कार्तिक ७ गते देखि देशब्यापी रिलिज हुने यस फिल्ममा आर्यन सिग्देल र शिल्पा मुख्य भूमिकामा छन्। ‘श्रीमान’ र ‘महशुस’ जस्ता तारिफ योग्य फिल्म बनाएर चर्चामा आएका निर्देशक नवल नेपालले फिल्मको निर्देशन गरेका हुन्। निर्देशक नेपालका अनुसार फिल्मको कथा नारी प्रधान छ।

nepali movie lajja

Nepali Movie ‘LAJJA” Poster

अघिल्लो पटक फिल्म ‘लोफर’ बनाएर नराम्रो घाटा व्यहोरेका छविले २५ बर्षको फिल्मी करिअरमा निर्माण गरेको १५ फिल्म मध्ये दुई फिल्मबाट मात्र असफलता हात पारेका छन् । २०४७ सालमा राजेश हमालको पहिलो फिल्म ‘युगदेखि युगसम्म’बाट फिल्म निर्माणमा हात हालेका छविले त्यसपछि ‘नाता’, ‘जन्मभूमी’, ‘हिरो’, ‘कस्तो साईनो’, ‘यस्तै रहेछ जिन्दगी’, ‘अजम्बरी नाता’, ‘हिम्मत’, ‘किस्मत’, ‘हिफाजत’, ‘कसले चो¥यो मेरो मन’, ‘अन्दाज’, ‘रावण’ र ‘हमेशा’ फिल्म निर्माण गरिसकेका छन्।

SUBSCRIBE 👉