नायिका केकि अधिकारी पनि निर्मात्री । ‘कोहलपुर एक्स्प्रेस’मा गर्दैछिन लगानी


नेपाली फिल्मका नायिकाहरु धमाधम निर्मात्री तथा निर्देशक बन्ने क्रम जारी छ। दीपाश्री निरौला, झरना थापा लगाएतका कलाकारहरुले फिल्म निर्देशन मार्फत आफ्नो क्षमता देखाई सकेका छन् भने केही नायिकाहरु निर्माताका रूपमा समेत देखिएका छन्। करिश्मा मानन्धर, रेखा थापा, निशा अधिकारी, शुभेच्छा थापा, झरना थापा लगायतका नायिकाहरु फिल्म निर्मात्रीका रूपमा प्रस्तुत भईसकेका छन्।

यो सूचीमा अर्को एउटा नाम थपिएको छ- केकी अधिकारी। तिहारपछि छायांकन प्रारम्भ हुने एउटा डार्क कमेडी फिल्म मार्फत केकी निर्मात्रीका रूपमा दर्शकमाझ आउनेछिन्। ‘कोहलपुर एक्स्प्रेस’ नामक फिल्मको निर्देशन थुप्रै म्युजिक भिडियोहरु निर्देशन गरिसकेका विशाल भण्डारीले गर्ने भएका छन्। उक्त फिल्मको छायाँकन पश्चिम नेपालमा गर्ने तयारी भैरहेको छ। केकी सहित थप दुई नायिकाको मुख्य भूमिका रहने फिल्ममा केही लोकप्रिय हाँस्य हिरोले समेत अभिनय गर्दैछन्।

प्राप्त जानकारी अनुसार, केकीले आफ्नै ‘जुनकीरी’ नामक फिल्म प्रडक्शन कम्पनि खोलेर फिल्म निर्माणमा हात हालेकी हुन्। उनले निर्माण गर्ने फिल्ममा नायिका द्वय ऋचा शर्मा र प्रीयंका कार्की फाईनल भईसकेकी छिन्।

SUBSCRIBE 👉