युट्युबमा भ्युअर्स कमाउदै निखिल र प्रियंकाको ‘राधे’ । हेर्नुहोस् पुरै फिल्म


शुभ दिपावलीको अवसर पारेर लक्ष्मीपूजाको दिन युट्युब मार्फत निखिल उप्रेती अभिनित नेपाली फिल्म ‘राधे’ रिलिज गरिएको छ। २०७४ वैशाख १ गतेबाट अल नेपाल रिलिज भएको फिल्मलाई बुढा सुब्बा डिजिटलले आफ्नो युट्युव च्यानल बाट रिलिज गरेको हो। रिलिज गरेको तिन दिनमा फिल्मलाई करिव १० लाख पटक हेरिसकिएको छ।

निखिल उप्रेती र प्रियंका कार्कीको मुख्य भूमिका रहेको फिल्म एक्शन प्रधान फिल्म हो। निखिल र प्रियंका पहिलो पटक एकसाथ देखिएको फिल्म ‘राधे’ जगदीश्वर थापाले निर्देशन गरेका हुन्।

सुशील पोखरेलले लगानी गरेको यो फिल्मले बक्स अफिसमा खाशै धमाका मचाउन नसके पनि युट्युवमा भने राम्रो भ्युअर्स कमाउदै छ।

हेर्नुहोस् पुरै फिल्म

SUBSCRIBE 👉