महको ‘शत्रु गते’मा पल र आँचल सँगै हरिवंश र दीपाको जोडी बाँधिने


मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, शिवहरि पौडेल, पल शाह, आँचल शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहने चलचित्र ‘सत्रु गते’को शुभसाइत गरिएको छ। काठमाण्डौको कमलादिस्थिती गणेश मन्दिरमा फिल्म निर्माण यूनिटले पूजा गर्दै चलचित्रको छायांकन प्रारम्भ गरेका छन् ।

मह संचारको प्रस्तुती रहने चलचित्रलाई किरण केसीले निर्माण गर्न लागेका हुन्। चलचित्रलाई प्रदिप भट्टराइले निर्देशन गर्दैछन्। प्रदिपले यस अघि चलचित्र ‘जात्रा’ निर्देशन गरका थिए।

शुभ मुहुर्त समारोहमा उपस्थिती कलाकारहरुले क्यामेरा पूजा गर्दै चलचित्र राम्रो बन्नेमा विश्वास व्यक्त गरे। यसै सातादेखि विरगञ्जमा छायांकान हुने बताईएको यो चलचित्रको प्रदर्शन मिति चैत्र ९ गतेलाई तोकिएको छ ।

कमेडी जनरामा निर्माण हुन लागेको चलचित्रले देशको वर्तमान अवस्थाको बारेमा पनि बोल्नेछ। मह संचारको चलचित्र भएकाले सामाजिक बिषयलाई पनि उठान गरिनेछ। दुई साता विरगञ्जमा चलचित्रको छायांकन गरिने र बाँकी काठमाण्डौमा नै गरिने निर्देशक भट्टराइले बताए।

तस्विर – भिडियो : संजय शाक्य / ग्ल्यामर नेपाल

भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉