‘हुर्रे’ फस्ट लुक पोस्टर । केकी र अनुपको फरक गेटअप


केहि समय अघि निर्माण घोषणा भएको चलचित्र ‘हुर्रे’को फस्टलुक पोष्टर बाहिरिएको छ। चलचित्रका मुख्य पात्रहरुलाई फिचारिंग गरिएको पोष्टरमा कलाकारहरु अनुप विक्रम शाही, विजय बराल, केकी अधिकारी, राजाराम पौडेल, अंकित खड्का देखिएका छन्। पोस्टरमा पुजारी बजेको रुपमा देखिएका अनुप बिक्रम शाही अन्य चलचित्र भन्दा फरक लुकमा छन्।

नायिका केकी अधिकारीलाई पशुपति मन्दिर परिसरमा फुल बेच्ने ब्यापारीको रुपमा देखाइने भनिएको कमेडी जनरको यो चलचित्रमा लेखन तथा निर्देशन यम थापाको रहेको छ। दावा शेर्पा ‘शेट्टी’ को प्रस्तुति रहेको चलचित्र ‘हुर्रे’ मा सोनाम लामा ‘ब्लोन’ र छिरिङ्ग दोर्जे लामाको लगानी छ। सह निर्माताको रुपमा अरुण सेदाई छन्। फिल्मको सार्वजनिक फस्टलुकमा अनुप अन्य फिल्म भन्दा केहि भिन्न देखिएका छन्।

SUBSCRIBE 👉