राजेशको गीतमा पल र आँचलको रोमान्टिक जोडी


अभिनेता पल शाह तथा अभिनेत्री आँचल शर्माको जोडी नेपाली चलचित्रमा हिट छ। उनीहरुको जोडीले विगतमा केही चलचित्रमा उत्कृष्ट अभिनय प्रस्तुत गरिसकेको छ। पछिल्लो समय मह सञ्चारको चलचित्र ‘सत्रुगते’मा आवद्ध यो जोडिले अभिनय गरेको एउटा रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायक राजेश लामाको स्वरको ‘जानी नजानी’ गीतको म्युजिक भिडियोमार्फत पल र आँचलको जोडि पुनः एक पटक दर्शक तथा श्रोतमाझ आएको छ। गायक राजेश लामाले विगतमा ‘नक्कली नानी…’ गीतबाट स्रोताका मन जितिसकेका छन्।

विकास सुवेदीद्वारा निर्देशित उक्त गीतमा किशोर घिमिरेका शब्द तथा सुरज शाही ठकुरीका कर्णप्रिय संगीत सुन्न सकिन्छ। उदयराज पौडेलले उक्त गीतलाई संगीत संयोजन गरेका छन्। अनिल के मानन्धरद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन्।

म्युजिक भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉