यूरोपमा गौरव र पबित्राको ‘होलिडे’


‘होलिडे’ नामक नयाँ नेपाली चलचित्रको छायाँकन युरोपका विभिन्न देशहरुमा गरिएको छ। बसन्त निरौला निर्देशित कमेडी ड्रामा जनरामा बनेको यो फिल्ममा गौरव पहारी, पबित्रा आचार्य, बुद्धि तामाङ, श्याम श्रेष्ठ, बेनि ढुंगाना लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

फ्रान्स, बेल्जियम, लग्जम्बर्ग लगायतका मुलुकमा छायांकन गरी कलाकारहरुको समुह नेपाल फर्किसकेको छ भने निर्माण टीम भने केहि दिनमा फर्किने निर्देशक निरौलाले बताए।

निर्देशक सहित नौ जनाको टीम चलचित्र छायांकनको लागी करिव एक महिना अघि अगाडी यूरोप पुगेको थियो। यूरोपमा छायांकनको व्यबस्थापन श्याम श्रेष्ठले गरेका थिए।

बि.एन. फिल्मसको ब्यानरमा बनेको यो चलचित्रका निर्माताहरु मन्दिरा श्रेष्ठ, तेजेन्द्र कँडेल र हरि कार्की हुन् भने दिनेश कालिराज कार्यकारी निर्माता हुन्। चलचित्रलाई अभिमन्यू निरबीले लेखेका हुन्। चलचित्रमा युवराज चौलागाईं र अमीत श्रेष्ठको संगीत छ।

SUBSCRIBE 👉