सनफ्रान्सिस्कोमा नायिका नीता ढुंगानालाई ‘उत्कृष्ट मुख्य अभिनेत्री’को अवार्ड


अमेरिकाको क्यालिफोर्निया राज्यको सन्फ्रान्सिस्को मा हालै ‘सनफ्रान्सिस्को चलचित्र महोत्सव'(San Francisco Film Festival)मा सम्पन्न भयो। महोत्सव’मा अभिनेत्री निता ढुंगाना अभिनित ऐतिहासिक चलचित्र ‘पंचायत’ले ‘बिदेशी भाषाको उत्कृष्ट चलचित्र’ (Best Movie For Foreign Language) विधामा अवार्ड जितेको छ। सोहि महोत्सवमा चलचित्रकि अभिनेत्री निता ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्री’ (Best Leading Actress) विधामा अवार्ड जितेकी छिन। यो चलचित्र महोत्सवमा २ सय भन्दा बढी चलचित्रले प्रतिस्पर्धा गरेका थिए।

सानै उमेर देखि नै अभिनयमा देखिएकी ढुंगानाले हाल सम्म २१ भन्दा बढी चलचित्रहरुमा अभिनय गरेकी छिन। दबाव, छ एकान छ, नोटबुक , मसान, हाम्रो माया जुनी जुनीलाई, निर्भय लगाएतका चलचित्रहरुमा नीताले अभिनय गरेकी छिन। निता ढुंगाना अभिनित पछिल्लो चलचित्र हो – पंचायत। यो चलचित्र’मा उनि किशोरीको भूमिकामा देखिएकी छिन्। निताको सशक्त अभिनय कै कारण अन्तर्राष्ट्रिय पुरस्कारबाट उनलाई सम्मान मिलेको हो।

१५ बर्ष अघिबाट सुरु भएको यो फेस्टिबलमा गत वर्षदेखि नेपाली चलचित्रले पनि सहभागीता जनाउन थालेको हो। गत वर्ष नेपाली चलचित्र तीन घुम्तीले ‘उत्कृष्ट बिदेशी भाषा’को  (Best Movie For Foreign Language) चलचित्र पुरस्कार जित्न सफल भएको थियो।

ग्रामिण कथा र पुरानो संस्कृति झल्काउने चलचित्र ‘पंचायत’को लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन्। यो चलचित्रमा सरोज खनाल र निता ढुंगानाको मुख्य भूमिका छ। रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ लगायतको पनि यो चलचित्रमा अभिनय छ। यो चलचित्र आगामी फागुन १७ गतेदेखि देशभर प्रदर्शन हुँदैछ।

SUBSCRIBE 👉