‘मिस युनिभर्स’मा नेपालबाट पहिलो पटक सहभागीता जनाउँदै नग्मा श्रेष्ठ


मिस नेपाल आयोजक संस्था द हिडेन ट्रेजरले आफ्नो २२ औ र मिस नेपालको २३ औ वार्षिकोत्सवको अवसर पारेर घोषणा गरेको पहिलो मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठ आउदो नोभेम्बर ६ मा अमेरिका जाँदैछिन। पहिलो मिस नेपाल युनिभर्स घोषित भएकी नग्माले सम्पूर्ण तयारी पुरा गरेर मिस युनिभर्स प्रतियोगितामा सहभागी हुन् जान लागेको बताएकी छिन्। मिस युनिभर्समा आफुलाई प्रस्तुत गर्ने विविध कुराको जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ‘प्रेस प्रिजेन्टेसन’ अन्तर्गत नग्मा विभिन्न डिजाइनमा समेत प्रस्तुत भईन।

६६ औ मिस युनिभर्सको आयोजना अमेरिका स्थित लास भेगसमा आउदो नोभेम्बर २६ मा हुनेछ, जसमा नग्मा पहिलो पटक नेपाललाई प्रतिनिधित्वगर्दै जादैछिन। मिस नेपाल आयोजना भएको २३ औ वर्ष पुगिसक्दा पनि मिस युनिभर्समा नेपालबाट सहभागिता जनाईएको थिएन।

पछिल्लो समय सन् २०१७ को मिस नेपालको आयोजनाभए संगै द हिडेन ट्रेजरले नेपाल बाट मिस युनिभर्समा सहभागीहुन् पाउने अधिकार पाएपछि सन् २०१२ कि मिस नेपाल अर्थ समेत रहेकी नग्मालाई ‘मिस नेपाल युनिभर्स’को टाइटल दिदै मिस युनिभर्समा पठाउने निर्णय गरेको हो।

नग्माले मिस युनिभर्समा नेपाली भेष भुषालाई प्रवर्धन गर्ने्छिन् भने उनि अलंकृत पोशाक, शिरमा मण्डला शैली उपकरण सहित शिष्ट र सौम्य रुपी सेतो परिपुरक वस्त्रमा समेत देखिने छिन्।

के भन्छिन् त नग्मा श्रेष्ठ?
नेपालले पहिलो पटक मिस युनिभर्समा सहभागिता जनाउदै गर्दा निकै खुसि थिए र उक्त प्रतियोगितामा नेपाललाई प्रतिनिधित्वगर्दै म नै पहिलो पटक जान पाउँदा खुसिसँगै जिम्मेवारी पनि बढेको छ। म आफै पनि मिस नेपाल अर्थ भईसकेपछि विभिन्न ब्युटी प्याजेन्टमा सहभागीभएको हिसाबले पनि केहि अनुभव त छ नै साथै मैले विभिन्न विधाको प्रशिक्षण पनि लिएकी छु। यो मेरो सपना थियो, जसलाई पुरा गर्ने अवसर पाएको छु। यसको तयारीमा मैले केहि कसर बाकि राखेकी छैन तर मेरो तयारीसँगै तपाइको भोट पनि उत्तिकै महत्वपूर्ण हुन्छ। त्यसैले नोभेम्बर २६ मा हुने मिस युनिभर्समा मेरो मेहनतलाई सार्थक बनाउँन तपाईले पनि भोट गर्नु पर्ने हुन्छ। त्यो भोट मेरो लागि आशिर्वाद हुनेछ भने मेरो मेहनतलाई पनि सार्थक बनाउनेछ। मैले त्यहाँ आफ्नो देशको मौलिक पहिरनलाई फोकस गर्दै आफुलाई प्रस्तुत गर्नेछु।

SUBSCRIBE 👉