पल शाहले यसरि गरे आँचल शर्माको सुन्दरताको बयान… । भिडियो हेर्नुहोस्


नायक पल शाह र नायिका आँचल शर्मा पछिल्लो समय सर्वाधिक रुचाईएका जोडी हुन्। यो जोडीले केहि चलचित्र र थुप्रै म्यूजिक भिडियोहरुमा अभिनय गरेका छन्। हालै पल र आँचल अभिनित नेपाली पप गीत ‘चिटिक्क’को भिडियो रिलिज गरिएको छ।

एक युवकले कल्पना गरेकी युवतीको कथामा यो भिडियो आधारित रहेको छ। नायक पलले आफुले सोचेकी युवतीको कल्पनामा हुन्छन् भने नायिका आँचल पलकी सपनाकी परी बनेकी छन्।

मुस्ताङ्ग जिल्लाका बिभिन्न स्थानमा छायांकन गरिएको यो भिडियोलाई विकास सुबेदीले निर्देशन गरेका हुन्। माईनस १२ डिग्री तापक्रममा यो गीत छायांकन गरिएको थियो। सहदेव अर्यालले लेखेको यो गीतमा उदय राज पौडेलको स्वर, संगीत तथा संगीत संयोजन रहेको छ। गीतको भिडियोलाई अनिल कुमार मानन्धरले छायांकन गरेका छन् भने सम्पाक सुप्रिम पराजुली हुन्।

भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉