पुरनको ‘फेरि फेरि’ मा अर्पण र ऋचा


हाँस्य अभिनेता / निर्देशक पुरन थापाले ‘फेरि–फेरि’ नामक फिल्म निर्माण गर्ने घोषणा गरेका छन्। यसअघि ‘पिरिम पर्या छ’ र ‘कान्छी मट्याङ ट्याङ’ जस्ता कमेडी फिल्म निर्माण गरेका पुरनको ‘फेरि फेरि’ पनि हाँस्यरस युक्त हुनेछ। यो फिल्ममा अर्पण थापा, ऋचा शर्मा, ओमप्रतिक गुरुङ, धर्मेन्द्र आचार्यलगायत निर्देशक पुरन आफै प्रमुख भूमिकामा छन्।

कमेडी जनराको यो फिल्म माता वसुन्धरा मुभिजको प्रस्तुतिमा निर्माण हुन लागेको हो। निर्देशक पुरन आफूले हालै नेपालमा पहिलोपटक रेड इपिक डब्लू हेलियम एट के क्यामेरा भित्राएको र सोही क्यामेराले फिल्म खिचिने जानकारी दिएका छन्। उच्च प्रविधियुक्त फिल्म निर्माणका लागि यो क्यामेरा ल्याएको उनको दाबी छ। रामेश्वर कार्कीले खिच्ने फिल्ममा एनबी महर्जनको द्वन्द्व निर्देशन र विकास चौधरीको संगीत रहनेछ।

SUBSCRIBE 👉