पिउने पनि रहर छ, जिउने पनि रहर छ – थानेश्वर गौतम


गजल गायक थानेश्वर गौतमको स्वरमा रहेको ‘पिउने पनि रहर छ’ बोलको गीतको भिडियोमा नायिका नम्रता श्रेष्ठ र मोडल किरण गुरुङ फिचरिंग गरिएको छ। श्याम रेग्मीको शब्दमा तयार भएको गीतमा गायक गौतमकै संगीत सुन्न सकिन्छ। रोहित बस्नेतले कोरियोग्राफी गरेको गीतको भिडियोमा नम्रता र किरणको रमाइलो नृत्य हेर्न सकिन्छ। भिडियोका केहि दृश्यमा गायक स्वयम् पनि मद्यिरा बोकेर शराबी शहर बताइरहेका छन्।

पछिल्लो समय देश तथा विदेशका कन्सर्टहरुमा ब्यस्त गौतमले दर्शक स्रोतालाई फरक स्वाद दिने उद्येश्यले यो गजल गीत सार्बजनिक गरेको बताए। यसअघि थानेश्वर गौतमले ‘विर्सिएर श्रृगारमा गाजल लगाइनछौं’, ‘स्याङजा गएँ पाल्पा गएँ’, ‘सिन्दुर लाउने हौली माया’, ‘यहाँ यस्तै हुन्छ प्यारी’सँगै फिल्म ‘रामप्यारी’मा समावेश ‘छमछम ती पाउजुहरु बजाएर नाच’ बोलको गीतमा समेत आफ्नो जादूमय आवाज भरिसकेका छन्।

भिडियोका निर्देशक रोजल थापा हुन्। सुरेश राउतको सम्पादन रहेको भिडियोका छायाँकार रामेश्वर कार्की हुन्।

SUBSCRIBE 👉