बोक्सी प्रथा विरुद्द निर्माण गरियो नेपाली चलचित्र ‘अग्निदहन’


नेपाली चलचित्र ‘अग्नीदहन’को फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। पत्रकार सम्मेलन गरि चलचित्रको निर्माण टिमले पोस्टर सार्वजनिक गरेको हो। नेपाली समाजमा विद्यमान रहेको बोक्सी प्रथालाई निर्मुल गर्ने उदेश्यका साथ राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको सहकार्यमा यो चलचित्र निर्माण भएको हो।

चलचित्रका प्रस्तुत कर्ता कोवित शरण उपाध्यायका अनुसार यो चलचित्र संदेश मुलक चलचित्र हो। उनले चलचित्रलाई नेपालका बिकट जिल्लाहरुमा प्रदर्शन गरिने छ, जहाँ बोक्सीको आरोपमा निर्दोष महिलाहरुलाई विभिन्न सजाय दिईन्छ। कार्यक्रममा बोल्दै चलचित्रका संरक्षक भुवनेश्वर शर्मा पौडेलले अबको १५ बर्ष भित्र नेपालका सबै जिल्ला हरुमा बोक्सी प्रथालाई पूर्णरुपमा अन्त्य गर्ने उदेश्य मान्छे बोक्सी हुदैन कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले लिएको बताए।

सामाजिक सचेतानात्मक चलचित्र ‘अग्नीदहन’लाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन। चलचित्रको कथा, पटकथा र संवाद लोकमणि पौडेलको रहेको छ भने परिकल्पना कोवितशरण उपाध्याय स्वयमकै रहेको छ। यसअघि निर्देशक घनश्यामले ‘धौली’ जस्तो सन्देशमुलक चलचित्र निर्देशन गरिसकेका छन्।

नितान्त सामाजिक कथा बस्तुमा निर्माण गरिएको यो चलचित्रले समाजमा व्यप्त बोक्सी प्रथा उन्मुलनमा सहयोग गर्ने निर्माण पक्षको दावी रहेको छ। चलचित्रमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, माउत्से गुरुङ, तुलसा क्षत्री, प्रकाश घिमीरे लगायतका कलाकारहरुको अभिनय छ।

चलचित्रमा दिर्घ गुरु.को छायांकन, जेशन कुवरको पाश्र्व संगित ,दीर्घ खड्काको सम्पादन तथा उत्तम न्यौपानेको ध्वनि मुद्रण रहेको छ भने पब्लिसिटी डिजाईनको पाटो महेश श्रेष्ठले सम्मालेका छन्।

कार्यक्रमको भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉