केकी अधिकारी र नाजिर हुसेनको ‘चिपक चिपक’


नाजिर हुसेन र केकी अधिकारी अभिनित फिल्म ‘राज्जा रानी’को रोमान्टिक गीत रिलिज गरिएको छ। दीपक शर्माद्धारा संगीतबद्ध ‘चिपक चिपक’ बोलको गीतमा फिल्मका मुख्य कलाकार केकी र नाजिर फिचर छन्। नेपालगंजको पठारमा छायांकन गरिएको यो रोमान्टिक नम्बरमा नरहरि प्रेमी र सुमिनाको स्वर सुन्न सकिन्छ। विक्रम स्वाँरको नृत्य निर्देशनमा केकी र नाजिरको केमिस्ट्री आकर्षक छ।

अघिल्ला फिल्ममा पहाडी विषयवस्तुमा कलम चलाउँदै आएका निर्देशक एवं पटकथा लेखक थापाले पहिलोपटक मधेशी कन्टेन्टमा फिल्म निर्देशन गरेका छन्। नेपालगंज जन्मथलो भएकाले पनि उनलाई फिल्मको चरित्र चित्रणमा सजिलो हुने आशा छ। प्रेमकथामा आधारित यो फिल्म रमेश एमके पौडेलले निर्माण गरेका हुन्। ‘राज्जा रानी’को बजेट १ करोड २५ लाख बताइएको छ।

यो फिल्मको प्रदर्शन मिति प्रिपोन्ड भएको छ। पूर्वनिर्धारित मितिबाट फिल्मको प्रदर्शन मिति एक साता अगाडी सारिएको छ। वितरकसँगको समझदारीमा यम थापा निर्देशित यो फिल्म पुस २१ गते देशव्यापी प्रदर्शन हुनेछ। फिल्म निर्माण कम्पनी आर्यन फिल्म प्रोडक्सनले फिल्मको नयाँ रिलिज मिति घोषणा सँगै रोमान्टिक यो रोमान्टिक गीत पनि रिलिज गरेको छ। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉