गम्भीर बन्दै सलमान मुद्धा


salman-khan
बलिउड ब्याडब्वाई सलमान खानको हिट एण्ड रन मुद्ध झन गम्भीर किसिमले अगाडि बढिरहेको छ। सोमबार सेसन कोर्टमा भएको मुद्धाको सुनवाईका क्रममा घटनाका चौथो प्रत्यक्षदर्शीले पनि सलमानलाई घटनाको दोषी मानेका छन्। बारमा काम गर्ने ती प्रत्यक्षदर्शीको नयाँ खुलासाले पनि सलमानको मुद्धा झन गम्भीर बन्दै गएको हो।

उनका अनुसार घटना भएको दिन सलमानले उनको बारमा आएर मदिराको अर्डर गरेका थिए। ‘घटना भएको दिन सलमान हाम्रो बारमा आएका थिए र उनले मेनेजरको बकाडी, ककटेल, प्रोन र चिकन अर्डर गरेका थिए,’ उनले भनेका छन्,‘अर्डर बमोजिम सलमानले मदिरा पिए या पिएनन् त्यो चाहिँ मलाई जानकारी भएन।’ सन् २००२ को यो घटनालाई प्रत्यक्ष देखेका तीन प्रत्यक्षदर्शीले यसअघि नै बयान दिईसकेका छन्। उक्त सालमा सलमान आफैले चलाएको गाडीले बान्द्राको फुटपाथमा रहेका सर्वसाधारणलाई किच्दा एकको मृत्युसँगै चार घाइते भएका थिए।

SUBSCRIBE 👉