‘काली’को रुपको तारिफ गर्दै सुरेशराज पाठक


बिदेशमा बसेर पनि नेपाली गीत संगीतलाई माया गर्ने र लगाव राख्ने धेरै छन्। ति मध्य एक हुन् – सुरेशराज पाठक । विगत १५ बर्ष देखि लन्डनमा बस्दै आएका गायक सुरेशराज पाठकले गत वर्ष ‘आउंदै छु’ नामक सांगीतिक एल्बम बजारमा ल्याएका थिए र सोहि एल्बमको शिर्ष गीतको भिडियो पनि रिलिज गरेका थिए।

हाल आएर उनले अर्को नयाँ गीतको भिडियो सार्बजनिक गरेका छन्। उनले ‘ए काली’ बोलको रमाईलो गीतको भिडियो रिलिज गरेका हुन्। यो गीतमा बिपिन आचार्यको शव्द र संगीत सुन्न सकिन्छ। भिडियोमा विशाल सापकोटा तथा नविना दाहालको अभिनय रोमान्टिक अभिनय हेर्न सकिन्छ। भिडियोको निर्देशन सुरेश काफ्लेले गरेका छन्। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉