मिस नेपालकी निर्मात्री र वितरकबीच जुहारी


suvekshya-thapa-hot
काठमाडौं । निर्माणसँगै सुरु भएको फिल्म ‘मिस नेपाल’को विवाद रिलिजको मुखमा आइसक्दा पनि रोकिएको छैन्। कहिले मिस नेपाल प्रतियोगिताको आयोजक हिडेन ट्रेजर त कहिले फिल्मकी नायिका क्षितिजा शाक्यसँग त कहिले नायिका तथा निर्मात्री शुभेच्छा थापाको अश्लील फोटोसुट, विभिन्न कारणले फिल्मले बदनाम कमाइरहेको छ। अहिले फेरि शुभेच्छा र वितरक करण श्रेष्ठबीच रिलिज डेटको विषयमा जुहारी चलेको छ। शुभेच्छा आउँदो शुक्रबार नै फिल्म रिलिज गर्नुपर्ने अड्डी कसिरहेकी छिन् भने वितरक श्रेष्ठले जेष्ठ १६ गते रिलिज हुने दाबी गरिरहेको छन्। वितरकसँगै लफडा सुरु भएकोले फिल्म रिलिज हुनेमै आशंका बढेको छ। स्मरण रहोस्, यस अगाडि पनि वैशाख ५ गते रिलिज हुने भनिएपनि अन्तिम समयमा आएर सो मिति सारिएको थियो।

वितरक श्रेष्ठले निर्मात्रीसँगै कुनै मतलब नरहेको भन्दै १६ गते नै फिल्म रिलिज हुने पक्का भएको बताएका छन्। उता, शुभेच्छा भने वितरकले आफ्नो मर्जी अनुसार काम गरिरहेको भन्ने आरोप लगाइरहेकी छिन्। निर्मात्री र वितरकबीचको यो जुहारीले फिल्मको रिलिज र व्यापारमा कतिको असर पर्ने हो ? हेर्न बाँकी छ।

SUBSCRIBE 👉