इन्डोनेसियाकी केभिन बनिन् मिस इन्टरनेसनल २०१७


इन्डोनेसियाकी केभिन लिलियानाले जितिन् मिस इन्टरनेसनल २०१७ को ताज । नेपालको तर्फबाट सहभागि भएकी नीति शाहले महत्वपूर्ण उपलब्धी भने हासिल गर्न सकिनन्।

Miss International 2016 Kylie Verzosa of the Philippines (left) passes on her crown to Miss International 2017 Kevin Lilliana of Indonesia. Image source: Screen shot from Miss International 2017 live-stream

गत नोभेम्बर १४ तारिखमा जापानको टोकियोस्थित टोकियो डोम सिटी हलमा सम्पन्न ५७औं संस्करणको मिस इन्टरनेनसल प्रतियोगितामा आफ्ना ६८ जना ग्लोबल प्रतिस्पर्धीहरुलाई पछि पार्दै इन्डोनेसियाकी केभिन लिलियाना मिस इन्टरनेसनल २०१७ को ताज आफ्नो शीरमा सजाउन सफल भएकी छिन्।

ग्राण्ड फिनालेको मंचमा सहभागिहरुले नेसनल कस्ट्युम, स्वीसुट र इभिनिङ गाउनमा प्रस्तुति दिएका थिए। प्रतियोगिता टप फिफ्टिन, टप एट् र टप फाइभ हुँदै विजेता चयन संगै सम्पन्न भएको थियो। प्रतियोगितामा मिस इन्टरनेसनल विजेता केभिन मिस वेष्ट ड्रेसरको अवार्ड जित्न पनि सफल भएकी थिइन्।

मिस इन्टरनेसनल २०१७मा क्युराकाओकी च्यानेल विल्हेल्मिना मारिया फस्ट रनर अप, भेनेजुएलाकी डियाना माकारेना क्रोके गार्सिया सेकेन्ड रनर अप, अस्ट्रेलियाकी एम्बर डिउ थर्ड रनर अप तथा जापानकी नाट्सुकी सुट्सुई फोर्थ रनर अप चयन भएका थिए। स्पेसल अवार्ड तर्फ जापानले नेसनल कस्ट्युम र अष्ट्रेलियाले पर्फेक्ट बडी अवार्ड प्राप्त गरेका छन्।

मिस इन्टरनेसनल २०१७ मा नेपालका तर्फ सहभागि भएकी मिस नेपाल इन्टरनेनसल २०१७ विजेता नीति शाहले महत्वपूर्ण उपलब्धी भने हासिल गर्न सकिनन्। अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको महत्वपूर्ण ग्लोबल फोरम मानिने मिसोसोलजीको हट पिक्समा छनौट पर्नु बाहेक नीतिले अन्य रुपमा सो प्रतियोगितामा आफ्नो प्रभाव छोड्न भने सकिनन्।

SUBSCRIBE 👉