धनाढ्यसँग सुन्दर युवतीको कनेक्सन! पढाई खर्च जुटाउन सुगर बेबी बन्न तयार


क्रिस्टिना अमेरिकाको कुनै ठूलो शहरमा बसेर टप कलेजबाट मेनेजमेन्टको पढाई गर्न चाहन्थिन्। तर, लाखौ रुपैयाँ पढाई शुल्क तिर्न उनीसँग आयस्रोत थिएन। जगेडा पैसा पनि थिएन। तर, उनले यस्तो बाटो रोजिन्, जसबाट उनले दुई बर्षको अवधीमा लाखौ रुपैयाँ (९० लाख भन्दा बढी रकम) हात पारिन्। यसबाट २९ बर्षिय यी सुन्दरीको पढाई मात्र पुरा भएन, जिन्दगी पनि ऐसोआरमपू्र्ण रह्यो।

अंग्रेजी अखबार मिररका अनुसार क्रिस्टिनाले सुगर बेबी बन्ने फैसला गरिन्। यसका लागि उनले तीन जना अर्बपतिसँग डिल गरिन्। यस काम उनले एक वेबसाइटको माध्यमबाट गरेकी थिइन्। खास कुरा त यस्तो डिल गर्ने युवतीमा क्रिस्टिना एक्ली होइनन्। अहिले त यो ट्रेन्डकै रुपमा विकास भएको छ। खासगरी पढाईका लागि खर्च जुटाउन चाहने युवतीहरु अहिले यसरी नै अर्बपतिसँग डिल गर्ने गर्छन्। यद्यपी अहिले पनि यसलाई मुलुकमा डर्टी रिलेसन मानिन्छ।

के हो सुगर रिलेसनसिप ?
खासमा अर्वपतिहरु एवं धनाढ्य पुरुष जो पाको छन्, उनीहरु कम उमेरकी युवतीसँग रोमान्स गर्न चाहन्छन्। धनाढ्यको जीवनमा जोडिएको सत्यता हो यो। कतिपय देशमा यस्तो सम्बन्धको चलन छ। यसरी पाको अर्बपतिसँग रोमान्स गरेबापत युवतीले पैसा पाउँछन्। यसलाई वेश्यावृत्ति भने मानिदैन। यसमा सामेल युवतीलाई सुगर बेबी भनिन्छ।

यसरी कम उमेरकी युवतीले धनाढ्य बुढोसँग अन्तरंग सम्बन्ध राख्ने डिल गर्छन्। त्यसबापत लाखौ रुपैयाँ प्राप्त गर्छन्। तर, यसमा शारीरिक सम्बन्ध बनाउनैपर्छ भन्ने छैन। खासमा धनाढ्यहरुले आफ्नो यात्रामा यस्ता सुन्दरीलाई साथमै राख्न चाहन्छन्।

SUBSCRIBE 👉