भारतीय व्यापारीसँग जोडी कस्दै भुवनकी पुर्वपत्नी सुस्मिता


sushmita-kc-bhuwan-kc

Sushmita kc / Bhuwan Kc

ग्ल्यामर नेपाल, काठमाडौं । भुवन केसीकी पुर्वपत्नी तथा अभिनेत्री सुस्मिता केसी भारतीय व्यापारीसँग जोडी कस्न लागेको खुलासा भएको छ। उनले भारतीय व्यापारी सोहन जैसवालसँग यही महिना विवाह गर्ने भएकी हुन्। सुस्मिता र सोहन डेढ वर्षदेखि प्रेमसम्बन्धमा छन्। जीवनमा एक जना साथी चाहिने भएकाले सोहनलाई रोजेको उनको भनाई छ।

विवाहलगत्तै सुस्मिता फिल्म निर्देशनमा व्यस्त हुनेछिन्। हालसम्म अनटाइटल रहेको उक्त फिल्मको निर्माण जैसवालले गर्न लागेका हुन्। फिल्मले दुर्गम भेगको एक गरिब परिवारको कथा भन्ने छ। हाल स्क्रिप्टिङमा रहेको फिल्ममा उनका छोरा अनमोल केसी नहुने उनले प्रष्ट पारेकी छिन्। ‘अनमोललाई सुहाउँदो पात्र नभएकोले यो फिल्ममा उसले अभिनय गर्दैन्,’ सुस्मितले मिडियासँग भनेकी छिन्, ‘तर दोस्रो प्रोजेक्टमा भने उ पक्का हुनेछ।’

रमाइलो त के भने उनका पुर्वपती भुवन पनि सिनेमा निर्देशनमा कस्सिएका छन्। सोही कारण कतिपयले भुवनलाई च्यालेन्ज दिन सुस्मिता पनि निर्देशनमा होमिएको चर्चा फिल्मवृत्तमा सुनिन थालेको तर उनी स्वयमले यो हल्लाको खण्डन गरेकी छिन्। उनले अस्विकार गरेपनि पुर्वजोईपोईको भिडन्त भने निकै रोचक हुने अनुमान गरिएको छ। सुस्मिता र भूवन मिलेर निर्माण तथा अभिनय गरेका ‘करोडपति’, ‘नेपाली बाबु’, ‘म तिमी विना मरिहाल्छु’जस्ता फिल्म सफल भएका थिए।

SUBSCRIBE 👉