थ्रीडीमा ‘टाइटानिक’ । पुनः रिलिज हुँदै


सन् १९९० को दशकमा बक्स अफिसको सबै रेकर्ड तोड्न सफल हलिउड फिल्म टाइटानिकले २०औं वार्षिकोत्सव मनाइरहेको छ। यही अवसरमा डोल्बी लेबोरेट्रिज, प्यारामाउन्ट पिक्चर्स र एएमसी थिएटर्सले उक्त ऐतिहासिक फिल्म पुनः रिलिज गर्ने घोषणा गरेको छ।

सन् १९९७ नोभेम्बर ८ मा रिलिज भएको फिल्म पुनः रिलिज हुने घोषणा भएसँगै फ्यानहरु पनि उत्साहित देखिएका छन्। लियोनार्दाे डिकाप्रियो र केट विन्सलेन्ट स्टारर ओस्कार अवार्ड प्राप्त फिल्म अब टुडी र थ्रीडीमा रिलिज गर्ने तयारी भइरहेको छ। यही नोभेम्बर १५ बाट अनलाइन टिकट बुकिङ शुरू हुन थालि सकेको छ।

‘हामीले डोल्बी भिजनमा केहीबेर टाइटानिक हेर्याैं र उक्त फिल्म पहिलोपटक हेरिरहेको जस्तै लाग्यो। यही कारणले गर्दा पुनः एकपटक अमेरिकी दर्शकलाई टाइटानिक देखाउन चाहेको हौँ’ –फिल्मका निर्देशक जेम्स क्यामरनले भने। सन् १९१२ अप्रिल १५ मा एक ब्रिटिस यात्रुले भरिएको टाइटानिक जहाज डुब्दा कयौं यात्रीहरुले ज्यान गुमाएका थिए।

जहाजमा भिन्नभिन्न सामाजिक र आर्थिक पृष्ठभूमिबाट आएका युवा र युवतीको प्रेमकथालाई पर्दामा उतारिएको थियो। यद्दपि उक्त जहाज दुर्घटना बाहेक अरु कहानी भने काल्पनिक थियो।

SUBSCRIBE 👉