अश्लील तस्वीरका कारण तनावमा नायिका


Shruti-Haasan

Shruti Hasan | South Indian Actress

दक्षिण भारतीय फिल्मकी सुपरस्टार नायिका श्रुति हसनको मुड केही दिन देखि अलिक बिग्रिएको छ। तेलुगु फिल्म येवाडूको छायांकन गर्दा खिचिएका केही अश्लील किसिमका तस्वीरहरु इन्टरनेटमार्फत सार्वजनिक भएर उक्त विषय प्रहरी समक्ष पुगेपछि उनको मुड बिग्रिएको हो।

प्रदर्शनको तयारीमा रहेको यो फिल्ममा यी नायिका निकै बोल्ड भूमिकामा प्रस्तुत हुँदैछिन्। स्रोतका अनुसार इन्टरनेटमा सार्वजनिक भएका यी तस्वीरमा नायिका नै अजिब किसिमको पोजमा प्रस्तुत भएकी छन्। सार्वजनिक भएका तस्वीरको दृश्य केही समय अघि मात्र सुटिङ भएको थियो। डिम्पल पिम्पल बोलको यो गीतको सुटिङको तस्वीर सार्वजनिक गर्न फिल्म युनिटले नायिकालाई अनुमति नदिईरहेको बेला तस्वीर इन्टरनेटमा आएपछि नायिकामा तनाव बढेको छ।

यो विषयलाई लिएर श्रुति निकै रिसाएकी छन् र फिल्म निर्मातासँग उनी दुःखी पनि बनेकी छन्। श्रुति आफैले पहिलोपटक इन्टरनेटमा आफ्ना अश्लील किसिमका तस्वीर देखेपछि उनी आफैले प्रहरीमा निवेदन दर्ता गराएकी थिईन्। पुलिसले यो विषयलाई लिगल सेलमा पठाईदिएको समाचारमा जनाइएको छ।

भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉