फेरियो श्रृष्टी श्रेष्ठको प्रेमी, बनिन् आर्यनको प्रेमीका!


चलचित्र क्षेत्रमा प्रेमको मामलामा दिगो प्रेम कमैको मात्रै देख्न पाईन्छ। कला क्षेत्रका धेरै जोडी विवाह पछि पनि छुट्टिदै गएका थुप्रै उदाहरणहरु छन्। प्रेममा पनि धेरै ट्रयाजिटी र प्याचअप, पटक पटक हुने गरेको छ। पछिल्लो समय अभिनेता सौगात मल्लको प्रेममा रहेकी अभिनेत्री हुन्– श्रृष्टी श्रेष्ठ। यतिबेला उनको प्रेमी पनि फेरिएका छन्। तर, रियल लाईफमा नभएर फिल्मकालागी अभिनेता आर्यन अधिकारीको प्रेमीका बनेकी हुन् श्रृष्टी।

निर्माता तथा निर्देशक सविर श्रेष्ठले चलचित्र ‘बाँध मायाले’का लागि आर्यन र श्रृष्टीको जोडी बाँधिदिएका हुन्। प्रेम कथामा बन्ने चलचित्रमा आर्यन र श्रृष्टीले प्रेमी-प्रेमिकाको भूमिकामा रहेर अभिनय गर्ने छन्। सुरुमा ‘सँग सँगै’ नाम सहित छायांकनमा जान लागेको यो चलचित्रको टाईटल परिवर्तन गरिएको हो। यो चलचित्र को छायाँकन मङ्सिर ८ गते बाट शुरु हुँदैछ।

SUBSCRIBE 👉