चैत्र २३ बाट साम्राज्ञी अभिनित तेस्रो चलचित्र ‘तिमि सँग’


अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित तेस्रो चलचित्र ‘तिमि सँग’को रिलिज मिति तय भएको छ। शिशिर राणाको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको यो फिल्म चैत्र २३ बाट देशभरका सिनेमा घरबाट एक साथ प्रदर्शनमा आउँने पक्का भएको छ। डेब्यु निर्देशन रहेको फिल्मको रिलिज मिति तय गरे सँगै निर्देशक शिशिर राण चलचित्रको प्रोमोशनमा जुट्ने बताएका छन।

अभिनेत्री साम्राज्ञी जोडिएका कारण ‘तिमि सँग’लाई यो बर्षको प्रतिक्षित चलचित्र मध्येको एक चलचित्रको रुपमा हेरिएको छ। प्रेमकथात्मक यो चलचित्रको टाइटल गीतको छायाँकन अन्नपुर्ण बेस क्याम्पमा गरिएको छ। चलचित्रमा साम्राज्ञी सँगै आकाश श्रेष्ठ, नाजिर हुशेन लगायतका कलाकारहरुमो मुख्य भुमिका रहेको यो चलचित्रमा थुप्रै कलाकारहरुले गेष्ट रोलमा काम गरेका छन। काठमाण्डौं, पोखरा, पुनहिल, घोरोपनी, देउराली, घान्दु्रक सँगै पहिलो पटक ‘तिमि सँग’को पर्दामा ‘अन्नपुर्ण बेस क्याम्प’को दृश्य कैद गरिएको छ।

SUBSCRIBE 👉