बेलायतमा फैलँदै साँघुरो


sanghuro

sanghuro

ग्ल्यामर नेपाल, काठमाडौं । व्यापारिक रुपमा सफलता हासिल नगरे पनि फिल्मको कथाबाट राम्रो प्रतिक्रिया पाएको फिल्म ‘साँघुरो’ बेलायतको चर्चित टेलिभिजन च्यानल फोरबाट प्रिमियर हुने भएको छ। यो फिल्म बिहीबारबाट उक्त च्यानलमा प्रसारण हुन लागेको हो।

फिल्म युनिटले बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी गराएको हो। कार्यक्रममा फिल्मका निर्देशक जोएस पाण्डेले नेपाली फिल्म अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलमा प्रसारण हुनु नेपाली फिल्म उद्योगका लागि सुखद कुरा भएको बताए। वरिष्ठ सञ्चारकर्मी रविन्द्र मिश्र, फिल्मकर्मी राजेन्द्र शलभलगायत बेलायती कुटनितिज्ञको समेत सहभागिता रहेको कार्यक्रममा फिल्म पनि देखाइएको थियो।

यो फिल्म सार्क फिल्म फेस्टिबलमा समेत छनौंट भएको छ। सुकुम्बासी बस्तीको एक झुपडीमा बस्ने आमा र छोराको कथा समेटिएको फिल्ममा छोराले घरमा श्रीमति भित्र्याएपछि आउने समस्यालाई प्रस्तुत गरिएको छ । फिल्ममा शुशांक मैनाली, दिया मास्के, अरुणा कार्की र दयाहाङ राई प्रमुख भूमिकामा छन्। माउन्टेन रिभर फिल्मस्ले फिल्मलाई बेलायती च्यानलमा प्रसारण गर्न सहयोग पु¥याएको हो।

SUBSCRIBE 👉