बलिउड फिल्म ‘पद्मावती’ को विरोधमा ज्यानै जान थाल्यो


सञ्जयलीला भन्साली निर्देशित फिल्म ‘पद्मावती’ ले एतिहासिक कुराहरू तोडमेड गरेको भन्ने आरोप सुटिङदेखि नै खेप्दै आएको थियो। फिल्ममा भारतकी राजपुत रानी पद्मावती र राजा रतन सिंह र सुल्तान अलाउद्दिन बीचको प्रेमलाई दर्साउन खोजिएको छ। तर विरोधी समुहहरूले फिल्ममा रानी पद्मावतीलाई गलत ढंगले चित्रण गरेको आरोप लगाएका छन्।

फिल्मी जगतसँग सम्बन्धित व्यक्तिहरुले भने सरकारको कडा आलोचना गरेका छन्। सुरक्षा दिन नसक्ने तथा फिल्म नै नहेरी फिल्मबारे भ्रामक कुराहरु फैलाइएको बताएका छन् । फिल्म कहिले रिलिज हुने वा होइन यसबारे टुगो लगाउन संजय लिला भंसालीले सरकारसँग माग गरिरहेका छन्। १९० करोड भारतीय रुपैयाँमा निर्माण भएको फिल्म ‘पद्मावती’ यसअघि डिसेम्बर १ मा नै भारतमा पनि प्रदर्शन हुने भनिएको थियो। तर केही संघसस्था र विरोधका कारण अनिश्चित समयको लागि फिल्मको रिलिज मिति सारिएको हाे।

फिल्मका निर्देशक भंसालीको टाउको काट्ने र फिल्मकी नायिका दीपिका पादुकोणको नाक काटिदिने र ज्यानै समेत लिने धम्की आइरहेका बेला विरोध गर्नेहरुले मान्छेको ज्यानै लिन थालेका छन्। फिल्म विबाद कै कारण एकको ज्यान गएको छ।

भारतीय अनलाइन अमर उज्यालाका अनुसार जयपुरको नाहरगढ किल्लामा एउटा लाश झुण्डिरहेको अवस्थामा पाइएको छ। यसको आसपासका ढुंगाहरुमा पद्मावतीको विरोधमा केही नाराहरु लेखिएका छन्। लाशको छेउमै भएको ढुंगामा हामी पुत्ला मात्रै झण्ड्याउँदैनौं भनी लेखिएको छ। प्रहरीले लाश निकालेर पोष्टमार्टमको लागि पठाएको र घटनाका विषयमा थप अनुसन्धान अगाडी बढाएको छ।

SUBSCRIBE 👉