रातो पहिरनमा सजिएकी सम्राज्ञी, सिड्नीमा ‘हट’!


फिल्म ‘ए मरो हजुर २’ को स्पेसल स्क्रिनिङ्गमा सहभागी हुन् पुगेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह ग्ल्यामरस देखिएकी छिन्। रातो पहिरनमा फिल्मको रेड कार्पेट विशेष शोमा पुगेकी साम्राज्ञीको तस्वीर सामाजिक संजालमा पोस्ट भए लगत्तै धेरैले ‘हट’ भनेर कमेन्ट गरेका छन्। साम्राज्ञी पछिल्लो समयकी नेपाली चर्चित अभिनेत्रीहरुको लिस्टमा छिन्।

उनले अभिनय गरेको दुई फिल्म ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ सफल भइसकेका छन् भने उनको तेस्रो फिल्म ‘तिमि संग’ चैत्रको तेस्रो साता रिलिज हुदैछ। साम्राज्ञी मात्र हैन सिड्नी स्पेसल सो मा झरना थापा पनि सहभागी भएकी छिन्।

यो फिल्मले नेपालमा राम्रो ब्यापार गरेको थियो। सुनिलकुमार थापाले निर्माण गरेको यो फिल्ममा सम्राज्ञी संगै सलिनमान बनिया, सलोन बस्नेत लगायतका कलाकारहरुको मुख्य भूमिका छ।

SUBSCRIBE 👉