डा.तोसिआकी इतोह निर्देशित ‘माई लभ’ फिल्मको स्याड भर्सन भिडियो गीत


जापानिज निर्देशकले बनाएको फिल्म ‘माई लभ’को नेपाली स्याड भर्सन गीत ‘ढल्यो ढल्यो’ रिलिज गरिएको छ। भिडियोमा भुकम्प पछिको अस्तव्यस्त अवस्थालाई चित्रण गरिएको छ। फिल्मका कलाकार गणेश लामालाई फिचरिङ गीतमा राज सागरको स्वर र संगीत सुन्न सकिन्छ। गीतका शब्दहरु शुष्मा देवकोटाले कोरेका हुन्।यो फिल्म मंसीर २९ गतेदेखि काठमाडौं उपत्यका सहित देशभरका विभिन्न मल्टिप्लेक्सहरुमा रिलिज हुँदैछ।

नेपालमा २०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको कथा यो फिल्ममा हेर्न पाइने छ। भूकम्पले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा गरेको क्षतिसँगै भूकम्पका समयमा सुरक्षाकर्मी र उद्दारकर्मीहरुले खेलेको प्रशंसनीय भूमिकामा आधारित छ। जापानी निर्देशक डा.तोसिआकी इतोहले निर्देशन गरेको चलचित्रमा गणेश लामा, नयाँ अनुहार शितल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका छ।

यो फिल्ममा नेपाली कलाकारहरु चैत्यदेवी सिंह, चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोको समेतको अभिनय हेर्न पाइनेछ। ‘माइ लभ’ चलचित्रले आफ्नो देशको महत्वपूर्ण सम्पदास्थलहरुको महत्व दर्शाउदै तिनीहरुको पुनर्निर्माण र संरक्षण गर्नु सबै नेपालीको दायित्व रहेको सन्देश दिनेछ। चलचित्रमा धरहरा ढल्दै गरेको दृश्यलाई पनि जीवन्त रुपमा देखाइएको छ भने भूकम्पले तहसनहस पारेको काठमाडौंलाई वास्तविक रुपमा प्रस्तुत गरिएको छ।

SUBSCRIBE 👉