‘नेपाल चिनाउने मौका पाएँ’ – दृष्टि दाहाल (लिटिल मिस युनिभर्स २०१४ बिजेता)


Dristi Dahal | Little Miss Universe 2014

Dristi Dahal | Little Miss Universe 2014

ग्ल्यामर नेपाल, काठमाडौं । टर्कीको मिलासस्थित केफालुका रिसोर्टमा अघिल्लो हप्ता सम्पन्न ‘लिटिल मिस युनिभर्स’प्रतियोगिताको शीर्ष उपाधि जितेर स्वदेश फर्किएकी नेपाली चेली दृष्टि दाहालले प्रतियोगितामा आफुले नेपाल चिनाउने मौका पाएको बताएकी छन्। उनको सम्मानमा उनी अध्ययनरत विद्यालय एनआईसी एकेडेमीले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले प्रतियोगिता निकै फलदायी रहेको जनाएकी हुन्।

कार्यक्रममा दृष्टिले सुन्दरी प्रतियोगिताले पनि मानिसको आत्मविश्वासलाई बढाउने गरेको आफुले पाएको बताईन्। ‘टर्कीको कार्यक्रम एकदमै उपलब्धिमूलक रह्यो, मैले अन्य देशका प्रतिनिधिलाई नेपाल चिनाउने मौका पाएँ,’उनले भनिन्,‘यस्ता कार्यक्रमलाई हामी विद्यार्थी वर्गका लागि निकै महत्वपूर्ण फाइदा पुग्नेरहेछ।’ राजधानीको डिल्लीबजारमा रहेको विद्यालयले उनलाई सम्मानसँगै एक वर्ष निःशुल्क अध्ययन गराउने घोषणा पनि गरेको छ। १२ वर्षीया दृष्टि विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन्।

विद्यालय तथा नेशनल इन्ट्रिगेटेड कलेजका अध्यक्ष प्रा. डा. पर्थीवेश्वर तिमिल्सिनाले एक वर्षसम्म दृष्टिको पढाईमा लाग्ने मासिक शुल्कलाई हटाएर निःशुल्क छात्रवृत्ति दिने बताए। ‘उनले अवार्ड जित्दा हामीलाई पनि प्रोत्साहन मिलेको छ,’उनले भने,‘त्यसकारण उनलाई वर्षभरी लाग्ने शुल्कलाई मिनाहा गर्दै छात्रवृत्ति दिने निर्णय गरेका छौं।’ उनले दृष्टिको लगनशिलता र प्रतिभालाई मध्यनजर गर्दै पलायन हुने वातावरण सिर्जना नगर्नेसमेत प्रतिबद्धता जनाए।

कार्यक्रम को फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

दृष्टिकी आमा यशोदाले आफुले आमा भएर दृष्टिलाई जन्म दिए पनि विद्यालयले उनको लगनशिलता र मेहनतलाई साथ दिएको जनाईन् भने दृष्टिका पिता द्रोणले छोरीको चाहना मिडियामै काम गर्ने भएकाले पनि उनको चाहनालाई आफुहरुले पुरा गरिदिने बताए। विद्यालयका प्रिन्सिपल इन्द्रबहादुर मल्लले दृष्टिको प्रतिभालाई आफुहरुले नजिकबाट नियालेको जनाउँदै उनले उपाधि जित्नेमा आफुहरु आशातित रहेको खुलाए। दृष्टिलाई टर्कीसम्म पु¥याउन भूमिका निर्वाह गर्ने संस्था इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले छोटो समयमा दृष्टिले प्राप्त गरेको उपलब्धि सराहनीय रहेको बताएका थिए। कार्यक्रममा विद्यालयका तर्फबाट दृष्टिलाई बुद्धको मूर्ति प्रदान गरिएको थियो।

मोरङ उर्लाबारी घर भएकी दृष्टिले २२ मुलुकका ४३ प्रतिष्पर्धीलाई उछिन्दै शीर्ष उपाधि चुमेकी थिईन् भने ‘मिस ट्यालेन्ट’ को विधागत उपाधि पनि आफ्नो पोल्टामा पारेकी थिईन्। दृष्टि गत फागुन ३ गते राजधानीमा इप्लानेटले आयोजना गरेको ‘लिटिल मिस नेपाल’ को विजेता हुन्। प्रतियोगितामा उनले डिजाइनर विन्जना गुरुङले तयार पारेको पहिरनमा नेपालको संस्कृति झल्कने आकर्षक नृत्य प्रस्तुत गरेकी थिईन्।

SUBSCRIBE 👉