मिस कन्डोम! यस्तो पनि हुन्छ सौन्दर्य प्रतियोगिता


नेपालमा अनेक थरीका सौन्दर्य प्रतियोगिता हुन्छन् । कहिले जातिको नाममा, कहिले क्षेत्रको नाममा कहिले पेसाको नाममा। नेपालमा जस्तै एसियाली देश थाइल्यान्डमा चाहिँ ‘मिस कन्डोम’ प्रतियोगिता हुँदो रहेछ ! यो हरेक वर्ष हुने सुन्दरी प्रतियोगिता हो। प्रतियोगितामा कन्डोमलाई बेलुन जस्तै फुलाउने प्रतिस्पर्धा चल्छ। हुन त यो प्रतियोगिता निकै विवादित छ। तर, उद्देश्य भने सही छ। यसको उद्देश्य हो– सेफ सेक्स। सुरक्षित यौन सम्पर्कलाई बढावा दिने सँगै यौनजन्य रोगबारे जनचेतना जगाउने।

जतिसुकै आलोचना भए पनि यो प्रतियोगीता वर्षैपिच्छे धुमधामका साथ आयोजना हुन्छ। प्रतियोगितामा चार देशका लगभग २० जना सुन्दरीले भाग लिने गरेका छन्। जसले यो प्रतियोगितामा जित्छन्, उसलाई ‘मिस कन्डोम’को उपाधि दिइन्छ। प्रतियोगिताअघि कुनै चर्चित स्थानमा र्याली निकालिन्छ र सेक्स रोगका बारेमा जानकारी दिइन्छ। साथै निःशुल्क कन्डोम बाँडिन्छ।

SUBSCRIBE 👉