दर्शकहरुले चाहे अनुसारको भूमिकामा फर्किदै आर्यन


नेपाली फिल्मी क्षेत्रमा चकलेटी हिरोको ट्याग भिरेका थिए – आर्यन सिग्देलले। चकलेटी लुक्सकै कारण पनि निकै दर्शकहरुले निकै मन् पराए। उनले डेब्यु गरेको फिल्म ‘किस्मत’ भए पनि उनलाई सुदर्शन थापाको निर्देशनमा तयार भएको फिल्म ‘मेरो एउटा साथी छ’ ले दर्शक माझ चिनायो। सोहि फिल्म मार्फत सबै वर्गको दर्शक माझ उनि स्थापित नै भए। त्यस यता उनले अभिनय गरेका प्राय फिल्मले निर्मातालाई मुनाफा नै दिलाए। तर विचमा आर्यनले आफ्नो भूमिकालाई बदल्न चाहे।

नाइके, क्लासिक लगायतका फिल्ममा आफुलाई फरक रुपमा प्रस्तुत गर्न खोजे आर्यन, तर सफल हुन सकेनन्। उनि आफैले पनि नाइके रिलिज ताका अब आफु रोमान्टिक हिरोको रुपमा मात्र परिचित हुन नचाहेको बताएका थिए, तर दर्शकले फरक भूमिकामा उनलाई स्वीकारेनन्। यसैले गर्दा पनि आर्यन यतिबेला आफ्नो प्रोडक्सन हाउसमा निर्माण हुने फिल्म ‘कायरा’ मा रोमान्टिक हिरो बनेर देखिदैछन्।

आफ्नो को-स्टार साम्राज्ञी राज्यलक्ष्मी शाह छानेका आर्यनले निर्देशनको जिम्मा लक्ष्मण प्रसाद रिजाललाई दियका छन्। निर्माणमा आर्यनलाई राम प्रसाद रिजालले सघाउने छन्। राम र लक्ष्मणसंग आर्यनले यस अघि नै ‘धुँवा यो नशा’ फिल्ममा काम गरिसकेका छन्। फिलिपिन्समा छायाँकन हुने भनिएको यो फिल्मको हरेक पक्षमा आर्यनले निकै ध्यान त दिएका छन् नै साथै उनले आफुलाई झनै रोमान्टिक बनाउने प्रयास पनि गर्दैछन्। आफुलाई परिवर्तन गर्न खोजेका आर्यन अन्तत दर्शकको रोजाई अनुसार आफुलाई रोमान्टिक अवतार मा नै फेरी दर्शक सामु आउँदैछन्। अव उनको रोमान्टिक अवतारलाई दर्शकहरुले स्वीकार्ने हुन् कि हैनन् ? ‘कायरा’को रिलिज सम्म प्रतिक्षा गर्नु पर्ने हुन्छ।

SUBSCRIBE 👉