रिलिज मिति संगै ‘कोशेली’को फष्टलुक रिलिज


आगामी पौष ७ गतेलाई रिलिज मिति तोक्दै फिल्म ‘कोशेली’ले फष्टलुक रिलिज गरेको छ। प्रेम, द्वन्द्व, विछोड लगायतका विषय समेटिएको फिल्मको दुई पोष्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको हो। फष्टलुकमा फिल्मका कलाकारहरुलाई प्रमुख स्थान दिइएको छ। भोले बाबा फिल्मस्को व्यानरमा निर्माण भएको फिल्ममा उमादेवी खत्री प्रस्तुतकर्ता छिन्। मनोज खत्रीको लेखन तथा निर्देशन रहेको फिल्ममा मनोज खत्री, दिनेश शर्मा, जेएन घिमिरे, रचना लामा, सुरज ढकाल, मञ्जिला बुढाथोकी, तेजा ऐर, उमा भट्टराई, तारा लामा र सन्तोष कार्कीको अभिनय छ।

निर्देशक मनोजले अहिलेको पुस्ताले मनपराउने खालको समय सामयिक कथालाई फिल्ममा देखाइएको बताए। ‘फिल्मले अहिलेको पुस्ताको प्रेमकथालाई समेटेको छ, आम दर्शकका लागि फिल्म रुचीकर हुनेछ।’ उनले भने। फिल्ममा अभिषेक पौडेलको सम्पादन, सत्यम राना र सुदिप आचार्यको भीएफएक्स, कृष्ण कोइरालाको प्रोडक्सन, विकास चौधरीको संगीत, देव महर्जनको द्वन्द्व, दिनेश लिम्बुको कोरियोग्राफी र रवि कोइरालाको छायांकन छ।

SUBSCRIBE 👉