पञ्जाबी भिडियोमा सारीवाली सन्नी


sunny-red-saree
इन्डो–क्यानेडियन पोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लिओनले पहिलोपटक पञ्जाबी एक गीतको म्युजिक भिडियोमा अभिनय गरेकी छन्। पञ्जाबी गायक गिरिक अमिनको गीत ‘सारीवाली गर्ल’मा यी हट नायिकालाई रातो साडीमा देख्न सकिनेछ। आगामी जुन ३ मा भिडियो सार्वजनिक हुने भनिएपनि यसको ट्रेलर चाहिँ बाहिर आईसकेको छ।

दुबईको मरुभूमिमा छायांकन गरिएको गीतको भिडियोमा सनीलाई गायकको ड्रिम गर्लका रुपमा प्रस्तुत गरिएको छ। ‘पञ्जाबी गीतको भिडियोमा यो मेरो पहिलो अभिनय हो, गिरिक अमिन ठूला गायक हुन् र आम दर्शकले यो गीतलाई अत्यन्तै रुचाउनुहुनेछ। भिडियो निकै हट, ग्ल्यामरस छ।’ फिल्म ‘रागिनी एमएमएस २’ नायिकाले भनेकी छन्।

गायक अमिनले गीतले आफ्नो मुटु छुने दाबी गरेका छन्। ‘यो गीतले मेरो ड्रिम गर्लको वर्णन गर्छ, जो सनी लिओनभन्दा अरु हुन पनि सक्दैन, उनी निकै सुन्दरी छिन् र काम प्रति पनि उत्तिकै मेहनती छिन्।’ गायकले भनेका छन्।

SUBSCRIBE 👉