‘होला मिलन अब हाम्रो कहिले’ भन्दै शुभेक्षा


suvekshya-thapa
ग्ल्यामर नेपाल, काठमाडौं । आगामी साउन २३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘टाइगर द रियल हिरो’मा रहेको ‘होला मिलन अब हाम्रो कहिले’बोलको गीत आइतबार सार्वजनिक गरिएको छ। प्रेमिकासँग छुट्टिदाको वेदना र पीडा बोकिएको गीतमा नायिका शुभेच्छा थापा, सुशान्त कार्की र समिक्षा अर्याललाई देख्न सकिन्छ।

राजु गिरीले निर्देशन गरेको फिल्मको गीतमा उत्तम गौडेलको शब्द, अर्जुन पोखरेलको संगीत र दुर्गा खरेलको स्वर रहेको छ। शुभेक्षा इन्टरटेनमेन्ट प्रालिको व्यानरमा शंकर गिरी र काजल गिरीले निर्माण गरेको फिल्ममा अशोक फुँयाल, सुरज रानाभाटको समेत अभिनय रहेको छ।

SUBSCRIBE 👉