छुट्टिए कल्की र अनुराग


kalki-anurag-divorce
बलिउड फिल्म निर्देशक अनुराग कश्यप र नायिका पत्नी कल्की कोइच्लीनबीचको सम्बन्ध टुटेको छ। निर्देशक अनुरागले यो कुराको पुष्टि गर्दै आफुहरु अब असल साथी मात्र रहेको बताएका छन्। ‘कल्की र म छुट्टिएका छौं, तर हामी अझै पनि असल साथी हौं, हामी असल साथीको रुपमा मात्र बस्नेछौं, यो सम्बन्ध स्वस्थ्य किसिमको हुनेछ।’ कश्यपले भनेका छन्।

यी निर्देशकले कल्कीलाई सन् २००९ मा बनेको चर्चित फिल्म ‘देव डी’मार्फत बलिउडमा इन्ट्री गराएका थिए। त्यसको दुई वर्षपछि उनले कल्कीसँग दाम्पत्य जीवन बाँधेका थिए। समाचार अनुसार अनुराग हालका दिनमा उनको निजी सहयोगी सब्रिना खानसँग डेटिङमा रहेका छन्। जसकारण पनि कल्कीसँगको सम्बन्धमा दरार आएको अनुमान लगाइएको छ। कश्यप अहिले निर्देशक निशा पहुजाको फिल्म ‘द वल्र्ड विफोर हर’को प्रमोशनमा व्यस्त छन्। यो फिल्मले दुई भिन्न तालिम केन्द्रबाट आएका दुई महिलाको कथालाई समेटेको छ।

SUBSCRIBE 👉