अरबाज र सनीबीचको हट केमेस्ट्री – तेरा इन्तजार


सलमान खानका भाइ अरबाज खान निर्माताका रूपमा सफल दरिए पनि अभिनेताका रूपमा भने कहिल्यै चलेनन्। बलिउडमा अभिनेता भएर जम्न अरबाजलाई एउटा सुपरहिट चलचित्रको आवश्यकता छ। करिब त्यस्तै अवस्था छ सनी लियोनीको पनि। पोर्न स्टार सनी पोर्न जीवनबाट संन्यास लिएर बलिउडमा भाग्यपरीक्षा गर्न आइन्। आइटम गर्लमा त उनको चर्चा व्यापक भयो, तर अभिनेत्रीका रूपमा भने उनले अझै दर्शकको मन जित्न सकेकी छैनन्। अरबाज र सनीबीचको हट केमेस्ट्री प्रस्तुत गर्न खोजिएको चलचित्र तेरा इन्तजार शुक्रबारबाट प्रदर्शन भएको छ। चलचित्र तेरा इन्तजार प्रेमकथात्मक चलचित्र हो, तर यसमा थ्रिल, हरर र सस्पेन्सको मसला पनि प्रयोग गरिएको छ।

प्रेममा मग्न जोडी अरबाज र सनीबीच एउटा डरलाग्दो घटना घट्छ, जसमा अरबाज अनायसै हराउँछन्। अरबाजको खोजीमा भौतारिरहेकी सनीले निकै भयावह स्थितिको सामना गर्नुपर्छ। त्यसमै चलचित्र तेरा इन्तजारको कथावस्तु एवं प्रस्तुति घुमेको छ। राजीव वालियाले निर्देशन गरेको यो चलचित्रमा अरबाज खान, सनी लियोनी, आर्य बब्बर, सुधा चन्द्रन लगायतका कलाकारहरुले अभिनय गरेका छन्। चलचित्रको गीत एस्तो छ।

SUBSCRIBE 👉