वरुण र आलियाको रोमान्टिक भिडियो सार्वजनिक


barun-aliya
मुम्बई । वरुण धवन र आलिया भट्टले अनस्क्रिन रोमान्स गरेको दोस्रो फिल्म ‘हम्प्टी शर्माकी दुल्हनिँया’को अफिसियल ट्ेरलर सार्वजनिक गरिएको छ। ट्रेलरबाट फिल्म रोमान्टिक जनराको रहेको अनुमान लगाउन सकिन्छ। करण जोहरको धर्मा प्रोडक्सनले निर्माण गरेको यो फिल्मलाई शशांख खैतानले निर्देशन गरेका हुन्। वरुण र आलियालाई दुई वर्ष अगाडि करणले नै ‘स्टुडेन्ड अफ द इयर’बाट बलिउडमा डेब्यु गराएका थिए। त्यसयता आलियाले ‘हाईवे’ र ‘टु स्टेट्स’बाट बलिउडमा आफ्नो छुट्टै स्पेस बनाउन सफल भइसकेकी छिन् भने वरुणले ‘में तेरा हिरो’बाट चकलेटी हिरोको छवि बनाएका छन्। यसरी युवापुस्तामाझ हटकेट बनेका यी दुई कलाकारको नयाँ फिल्म निकै प्रतिक्षित मानिएको छ।

‘हम्प्टी शर्माकी दुल्हनिँया’मा आलियाालाई विन्दास र चुल्बुले युवतीको भूमिकामा र वरुणलाई सोझो तर प्रेममा परेको युवकको भूमिकामा देख्न सकिन्छ। फिल्ममा उनीहरुले थुपै्र लिप किस दिएका छन्। भारतीय सेन्सर बोर्डले पहिलो पटक करण जोहरको फिल्ममा कैची चलाएको भारतीय मिडियाहरुले जनाएका छन्। यसबाट फिल्ममा उनीहरुको कति हट दृश्य होला, अनुमान लगाउन सकिन्छ। वरुण र आलियाको अलवा टेलिभिजन स्टार सिद्धार्थ शुक्लाको पनि फिल्ममा महत्वपूर्ण भूमिका रहेको छ। विशाल शेखरको संगीत रहेको फिल्म ११ जुलाईंमा रिलिज हुँदैछ।

SUBSCRIBE 👉