इन्टरनेटमा अत्यधिक खोजिहुने अभिनेत्रीको लिस्टको पहलो स्थानमा सन्नी लियोनि


बलिउड अभिनेत्री सन्नी लियोनीको पछिल्लो फिल्म ‘तेरा इन्तजार’ ले बक्स अफिसमा कुनै कमाल गर्न सकेको छैन। तर, यो वर्ष इन्टरनेटमा सबैभन्दा बढि खोजि हुने भारतीय अभिनेत्रीको लिस्टको लिस्टमा सन्नी पहिलो स्थानमा परेकी छिन्। उनले प्रियंका चोपडा, दिपिका पादुकोण, करिना कपुरजस्ता करोडौ फ्यान फलोईङ्ग भएका हिरोइनहरुलाई समेत पछाडि पारिन्। अत्यधिक खोजी गरिएका अभिनेत्रीहरुको सुचीमा कैटरिना कैफ, ईशा गुप्ता, दिशा पटानी र ममता कुलकर्णी जस्ता नामहरु पनि छन्।

पुरुषतर्फको क्याटगोरीमा दिवंगत विनोद खन्नाको नाम सबैभन्दा माथि छ। दोस्रो स्थानमा छन् कपिल शर्मा र सर्चिङ्ग लिस्टमा सलमान खान र रजनीकान्त जस्ता स्टारहरु निकै पछाडि छन्।

SUBSCRIBE 👉