एसएलसी प्रिन्सेजको रक्तदान कार्यक्रम


slc-princess-blood-donation-program-1ग्ल्यामर नेपाल, काठमाडौं । राजधानीमा रगतको अभाव भइरहेको बेला सिजन मिडियाले आयोजना गर्न लागेको ‘एसएलसी प्रिन्सेज २०१४’ का सहभागी प्रतियोगीहरुको अगुवाइमा नेपाल पुलिस हेल्थ क्लब भृकुटीमण्डपमा रक्तदान कार्यक्रम गरिएको छ । आयोजकका अनुसार कार्यक्रममा सय पिन्ट रगत संकलन गरिएको छ।

केन्द्रिय रक्तसञ्चार केन्द्रको सहयोगमा भएको कार्यक्रममा ‘एसएलसी प्रिन्सेस २०१४’ का ५५ जना प्रतिष्पर्धी सुन्दरीले उनीहरुका अभिभावकहरुलाई रक्तदानमा सहभागी गराएका थिए। किशोर अवस्थाका भएकाले रक्तदान गर्दा शरीरमा पर्ने असरलाई मध्यनजर गर्दै उनीहरु स्वयं भने रक्तदानमा सहभागी हुन सकेनन्। गत शनिवार उनीहरुले ललितपुर खोकनास्थित अपांग बाल केन्द्रको भ्रमण गरी बालबालिकाहरुलाई कापी कलम साथै अन्य विभिन्न सामग्रीहरु प्रदान गरेका थिए।
slc-princess-blood-donation-program
असारको पहिलो हप्ता राजधानीमा हुने निर्णायक प्रतियोगिताका लागि उनीहरुले केही समय पहिले देखिनै नै व्यक्तित्व विकासदेखि अन्य विभिन्न किसिमका क्षमता विकासका प्रशिक्षण पनि लिइरहेका छन । आयोजक संस्थाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तका अनुसार प्रतियोगिताको शीर्ष उपाधि विजेताले ताजसँगै प्लस टुको शैक्षिक छात्रवृत्ति, टीभीएस स्कुटर र मोबाइल पुरस्कार प्राप्त गर्नेछिन् भने फष्ट रनरअपले छात्रवृत्ति, ल्यापटप, मोबाइल र सेकेण्ड रनरअपले छात्रवृत्ति, मिनी ल्यापटप र मोबाइल पाउनेछन्। अन्य १८ वटा विधागत अवार्ड विजेताले विभिन्न कम्पनीबाट प्राप्त उपहार पाउनेछन्।

SUBSCRIBE 👉