मायाका कुरा, सुदनको मुटुमा रोपियो छुरा (भिडियो सहित)


sudan-and-pragya
ग्ल्यामर नेपाल, काठमाडौं । माया आफैमा अजिबको कुरा हो, कोही यही मायाबाट खुशी हुन्छन्, त कोही पिडाबोधको अनुभव लिन्छन्। मोडल सुदन पन्थ पनि त्यही मायाको पिडामा निकै तड्पिन थालेका छन्। प्रेमिका मोडल डा. प्रज्ञा सिंहले प्रेममा धोका दिएपछि उनको सम्झनामा तड्पिएका सुदन तिनै प्रेमिकालाई सम्झिएर ‘प्रेमको भुल गर्नु थियो गरियो’ गीत गाउँदै निस्किएका छन्। डा. प्रज्ञा चर्चित गायिका देविका बन्दनाकी छोरी हुन्।

गायनसँगै पछिल्लो समयमा म्युजिक भिडियो निर्देशनमा समेत जमेका युवा बिजेश पौडेलको शब्द, संगीत, गायक, सम्पादन र निर्देशनमा बनेको ‘गहिरो गहिरो’ बोलको भिडियोमा सुदन र प्रज्ञालाई देख्न सकिन्छ। ‘यो एकदमै सेन्टिमेन्टल र स्लो रक प्यार्टनको गीत हो, तर भिडियोमा धोका खाएको अनुभव दर्शकले पाउने छैनन्।’बिजेशले भने। बिजेशको तेस्रो एल्बम ‘मेरो गीत’मा यो गीतलाई समेटिएको छ। गीतको छायांकन कपनको आरुबारीमा गरिएको हो।

राहुल प्रधानले एरेञ्ज गरेको गीतको भिडियोमा जयन सुब्बा मानन्धरको फेसन स्टाइल र सिर्जना कार्कीको मेकअप रहेको छ भने ड्रेस डिजाइन सन्तोषी श्रेष्ठको छ। बिजेशले यसअघि ‘सलोनी’ र ‘मनको पाना’ एल्बम ल्याइसकेका छन्। गायकका अनुसार नयाँ एल्बम केही हप्ता पछि सार्वजनिक गरिनेछ।

SUBSCRIBE 👉